सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

खोज

“प्रेम” का नतिजाहरू

पवित्र बाइबल मा ९,०४७ पद भेटिए।

  1. उत्पत्ति 1:1आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो।
  2. उत्पत्ति 1:2पृथ्वी निराकार र शून्य थियो। समुद्रको सतहमाथि अन्धकार थियो। परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो।
  3. उत्पत्ति 1:3परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्,” र त्यहाँ उज्यालो भयो।
  4. उत्पत्ति 1:4परमेश्‍वरले उज्यालोलाई हेर्नुभयो, र त्यो असल थियो। उहाँले उज्यालोलाई अन्धकारबाट छुट्‍ट्याउनुभयो।
  5. उत्पत्ति 1:5परमेश्‍वरले उज्यालोलाई “दिन”, र अन्धकारलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो - पहिलो दिन।
  6. उत्पत्ति 1:6परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस्।”
  7. उत्पत्ति 1:7परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो। तब त्यस्तै भयो।
  8. उत्पत्ति 1:8परमेश्‍वरले त्यस क्षेत्रलाई “आकाश” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो - दोस्रो दिन।
  9. उत्पत्ति 1:9परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस्।” तब त्यस्तै भयो।
  10. उत्पत्ति 1:10परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो।
  11. उत्पत्ति 1:11परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस्।” तब त्यस्तै भयो।
  12. उत्पत्ति 1:12पृथ्वीले वनस्पति, आ-आफ्नो प्रजातिअनुसारका बिउ हुने बोट-बिरुवाहरू र आफ्नै फलभित्र बिउ हुने फल-फलाउने रुखहरू उमार्‍यो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो।
  13. उत्पत्ति 1:14परमेश्‍वरले भन्‍नुभयो, “दिनलाई रातबाट अलग गर्नको निम्ति आकाशमा ज्योतिहरू होऊन् र तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरूका निम्ति चिन्हहरू होऊन्।
  14. उत्पत्ति 1:16परमेश्‍वरले दुईवटा विशाल ज्योति बनाउनुभयो, ठुलो ज्योतिचाहिँ दिनमाथि प्रभुत्व गर्न, र सानोचाहिँ रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
  15. उत्पत्ति 1:18परमेश्‍वरले ती आकाशमा राख्‍नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो।
  16. उत्पत्ति 1:20परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून्।”
  17. उत्पत्ति 1:21परमेश्‍वरले विशाल जलचरहरू, र आ-आफ्नो प्रजातिअनुसारको सबै जीवित प्राणी, चलहल गर्ने र पुरै पानीलाई भर्ने प्राणीहरू, र आ-आफ्नो प्रजातिअनुसारको पखेटा भएका सबै पक्षीहरूलाई सृष्‍टि गर्नुभयो। परमेश्‍वरले हेर्नुभयो, र त्यो असल थियो।
  18. उत्पत्ति 1:22परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष् दिनुभयो, “फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ, र समुद्रमा भरिँदै जाओ। पृथ्वीमा पक्षीहरू वृद्धि होऊन्।”
  19. उत्पत्ति 1:24परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको जीवित प्राणीहरू, पाल्तु पशुहरू, घस्रने जन्तुहरू, र पृथ्वीका जङ्गली जनावरहरू उत्पन्‍न गरोस्।” तब त्यस्तै भयो।
  20. उत्पत्ति 1:25परमेश्‍वरले पृथ्वीका जङ्गली जनावरहरू, पाल्तु पशुहरू, जमिनमा घस्रने सबै जन्तुहरूलाई तिनीहरूकै आ-आफ्नै प्रजातिअनुसार बनाउनुभयो। उहाँले हेर्नुभयो, र त्यो असल थियो।
  21. उत्पत्ति 1:26परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
  22. उत्पत्ति 1:27परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो। उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो। नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।
  23. उत्पत्ति 1:28परमेश्‍वरले तिनीहरूलाई आशिष्‍्‍ दिनुभयो र भन्‍नुभयो,“फल्दै-फुल्दै र वृद्धि हुँदै जाओ। पृथ्वीमा भरिँदै जाओ, र त्यसलाई आफ्नो वशमा राख। समुद्रका माछाहरू, आकाशका पक्षीहरू, र पृथ्वीमा चलहल गर्ने सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”
  24. उत्पत्ति 1:29परमेश्‍वरले भन्‍नुभयो, “हेर, मैले पृथ्वीका बिउ हुने हरेक बोट-बिरुवाहरू, र फलभित्रै बिउ हुने हरेक फल-फलाउने रुखहरू तिमीहरूलाई दिएको छु। ती तिमीहरूका निम्ति आहारा हुनेछन्।
  25. उत्पत्ति 1:31परमेश्‍वरले आफूले बनाउनुभएका सबै कुरा हेर्नुभयो। त्यो ज्यादै असल थियो। साँझ पर्‍यो र बिहान भयो - छैटौँ दिन।
  26. उत्पत्ति 2:2सातौँ दिनसम्ममा परमेश्‍वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो।
  27. उत्पत्ति 2:3परमेश्‍वरले सातौँ दिनलाई आशिष्‍्‍ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्‍टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो।
  28. उत्पत्ति 2:4परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो।
  29. उत्पत्ति 2:5पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन।
  30. उत्पत्ति 2:7परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।
  31. उत्पत्ति 2:8परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो।
  32. उत्पत्ति 2:9हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो। बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो।
  33. उत्पत्ति 2:15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो।
  34. उत्पत्ति 2:16परमप्रभु परमेश्‍वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्‍त्रता छ।
  35. उत्पत्ति 2:18त्यसपछि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु।”
  36. उत्पत्ति 2:19परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो। त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो। हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो।
  37. उत्पत्ति 2:21परमप्रभु परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो। परमप्रभु परमेश्‍वरले त्यसका करङहरूमध्ये एउटा झिक्‍नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो।
  38. उत्पत्ति 2:22परमप्रभु परमेश्‍वरले मानिसबाट झिक्‍नुभएको करङबाट एउटी स्‍त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।
  39. उत्पत्ति 3:1परमप्रभु परमेश्‍वरले बनाउनुभएका सबै जङ्गली पशुहरूमध्ये सर्पचाहिँ बढी धूर्त थियो। त्यसले स्‍त्रीलाई भन्यो, “के परमेश्‍वरले साँच्‍चै नै तिमीहरूलाई बगैँचाको कुनै रुखको फल नखानू भनी भन्‍नुभएको छ?”
  40. उत्पत्ति 3:3तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा भने, परमेश्‍वरले भन्‍नुभएको छ, ‘तिमीहरूले त्यो नखानू, न त तिमीहरूले त्यो छुनू, नत्रता तिमीहरू मर्नेछौ।’”
  41. उत्पत्ति 3:5किनभने परमेश्‍वर जान्‍नुहुन्छ, कि जुन दिन तिमीहरू त्यो खान्छौ तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।”
  42. उत्पत्ति 3:8अनि साँझपख जब तिनीहरूले परमप्रभु परमेश्‍वर बगैँचामा हिँडिरहनुभएको आवाज सुने, तब मानिस र उनकी पत्‍नी बगैँचाका रुखहरूबिच परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
  43. उत्पत्ति 3:9परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्?”
  44. उत्पत्ति 3:11परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस्?”
  45. उत्पत्ति 3:13परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैँले यो के गरिस्?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले खाएँ।”
  46. उत्पत्ति 3:14परमप्रभु परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, “तैँले यसो गरेको हुनाले सबै पाल्तु पशुहरू र जङ्गली जनावरहरूमा केवल तँ श्रापित हुनेछस्। तँ तेरो पेटद्वारा हिँड्नेछस्, र तेरो जीवनभरि नै तैँले माटो खानेछस्।
  47. उत्पत्ति 3:21परमप्रभु परमेश्‍वरले आदम र उनकी पत्‍नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई पहिराइदिनुभयो।
  48. उत्पत्ति 3:22परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञान पाएर मानिस हामीजस्तै भएको छ। यसैकारण अब त्यसलाई आफ्नो हात पसारेर जीवनको रुखको फल खान दिनुहुँदैन नत्रता त्यो सधैँभरि जीवित रहला।”
  49. उत्पत्ति 3:23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
  50. उत्पत्ति 3:24परमेश्‍वरले मानिसलाई बगैँचाबाट निकालिदिनुभएपछि जीवनको रुखतर्फको मार्गमा पहरा दिन उहाँले अदनको बगैँचाको पूर्वमा करूबहरू र चारैदिशातर्फ घुमिरहने ज्वालामय तरवार राखिदिनुभयो।

पहिलो 50 देखाइँदैछ। कम नतिजाका लागि आफ्नो खोज अझ स्पष्ट बनाउनुहोस्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।