सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

कलस्सी 2

यो अध्याय यसमा पर्छ: Christus boven alles

1किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु। 2प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु। 3ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन्। 4म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस्। 5र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु। म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु। 6तिमीहरूले येशू ख्रीष्‍टलाई जुन प्रकारले प्राप्‍त गर्‍यौ, सोही प्रकारले उहाँमा हिँड। 7तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ। 8तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ। 9किनकि उहाँमा परमेश्‍वरको पूर्णता शरीरमा बास गर्दछ। 10र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ। उहाँ नै सबै शक्‍ति र अधिकारको शिर हुनुहुन्छ। 11उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो। 12तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ। र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ। 13र जब तिमीहरू आफ्ना पाप र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै पापहरूलाई क्षमा गर्नुभयो। 14उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई र त्यसका विनियमहरूलाई हटाइदिनुभयो। उहाँले यी सबैलाई हटाउनुभयो र क्रुसमा टाँगिदिनुभयो। 15उहाँले शक्‍तिहरू र अधिकारवालाहरूलाई हटाउनुभयो। उहाँले तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो र उहाँको क्रुसको माध्यमद्वारा तिनीहरूलाई विजय समारोहमा डोर्‍याउनुभयो। 16यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ। 17यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ। 18नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस्। यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ। 19उसले शिरलाई पक्री राख्दैन। शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू फैलाइन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्दछ। 20यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ? 21“नसमात, नचाख, नछोऊ।” 22मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन्। 23यी नियमहरूमा मानिस आफैँले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन्। तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।