सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यहोशू 19

यो अध्याय यसमा पर्छ: Het land verdeeld

1दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्‍यो। तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो। 2तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा, 3हसर-शूआल, बाला, एसेम, 4एल्तोलद, बतूल र होर्मा। 5शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा, 6बेथ-लबाओत, शारूहेन। 7शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान। यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए। 8बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए। यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो। 9शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्‍यो। किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय। शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो। 10कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो। तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो। 11तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो। 12सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो। त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो। 13त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो। 14सिमानाले हन्‍नतोनतिर उत्तरतिर मोड लियो र यिप्‍ताहएलको बेँसीमा टुङ्गियो। 15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम। तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए। 16यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो। 17चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो। 18तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम, 19हपरैम, शीओन र अनाहारत। 20यसमा रब्बीत, किश्‍योन, एबेस, 21रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन्। 22तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो। तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए। 23तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो। 24पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्‍यो। 25तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप, 26अल्लम्मेलेक, अमाद र मिशाल पर्थे। पश्‍चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्‍नातसम्म फैलिएको थियो। 27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो। यो उत्तरतिर काबूलसम्म गयो। 28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो। 29सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो। त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा, 30उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो। तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए। 31तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो। 32छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो। 33तिनीहरूको सिमाना हेलेपबाट, सानन्‍नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्‍नेल र लक्‍कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो। 34सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो। 35यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत, 36अदामा, रामा, हासोर, 37केदेश, एद्रेई, एन-हासोर। 38यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए। तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए। 39तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्‍तालीको उत्तराधिकार थियो। 40सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो। 41यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश, 42शालवीन, अय्यालोन, इत्ला पर्थे। 43यसमा एलोन, तिम्‍ना, एक्रोन, 44एल्तके, गिब्‍बतोन, बालात, 45यहूद, बने-बरक, गात-रिम्‍मोन, 46मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्‍कोन पर्थ्यो। 47जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो। तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे। 48कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो। 49जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए। 50परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्‍नथ-सेरह दिए। तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे। 51भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन्। यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।