सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यहोशू 12

यो अध्याय यसमा पर्छ: Intocht en verovering

1इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन्। इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे। 2एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे। तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो। 3सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे। 4रपाईहरूमा बाँकी रहेका एक जना बाशानका राजा ओग अस्तारोत र एद्रईमा बस्‍थे। 5तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे। 6परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए। 7त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए। यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए। 8तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए। 9राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ, 10यरूशलेमका राजा, एनइमका राजा, 11यार्मूतका राजा, लाकीशका राजा, 12एग्लोनका राजा, गेजेरका राजा, 13दबीरका राजा, गेदेरका राजा, 14होर्माका राजा, आरादका राजा, 15लिब्‍नाका राजा, अदुल्लामका राजा, 16मक्‍केदाका राजा, बेथेलका राजा, 17तप्पूहका राजा, हेपेरका राजा, 18अपेकका राजा, लश्शारोनका राजा, 19मादोनका राजा, हासोरका राजा, 20शिम्रोनका राजा, अक्षापका राजा, 21तानाकका राजा, मगिद्दोका राजा, 22कादेशका राजा, कर्मेलको योक्‍नामका राजा, 23नापोत डोरका राजा, गिलगालको गयीमका राजा, 24र तिर्साका राजा पर्छन्। सबै राजाको सङ्ख्या एकतिस जना थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।