सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

जकरिया 12

यो अध्याय यसमा पर्छ: De komende koning

1इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो, 2“हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन्। यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ। 3त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु। त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन्। 4त्यस दिन, म हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार गर्नेछु - परमप्रभु घोषणा गर्नुहुन्छ। यहूदाको घरानामाथि म मेरो नजर लगाउनेछु, तर जाति-जातिहरूका हरेक घोडालाई म अन्धोपनले प्रहार गर्नेछु। 5अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्‍नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन्।’ 6त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन्। यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ।” 7दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ। 8त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ। 9“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु। 10तर दाऊदको घराना र यरूशलेमका वासिन्दाहरूमाथि म अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनेछु, अनि तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले नै घोचेका छन्। एक मात्र छोरोको लागि शोक गरेझैँ, तिनीहरू मेरो निम्ति शोक गर्नेछन्। आफ्नो पहिलो पुत्रको निम्ति शोक गरेझैँ तिनीहरूले उनको लागि अत्यन्तै विलाप गर्नेछन्। 11त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ। 12भूमि विलाप गर्नेछ, हरेक कुलले अलग-अलग विलाप गर्नेछन्। दाऊदको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्। नातानको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्। 13लेवीको घरानाको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्। शिमीको कुल अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्। 14बाँकी रहेका कुलहरूको हरेक वंश अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।