सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रकाश 1

यो अध्याय यसमा पर्छ: Christus en de zeven gemeenten

1परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो। उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो। 2परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन्। 3अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ। 4यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा, 5अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो। 6उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस्। आमेन। 7हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ। हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि। अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन्। यसै होस्, आमेन। 8सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ। 9म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ। 10प्रभुको दिनमा म आत्मामा थिएँ। मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने। 11“त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’।” 12कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ। 13सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो। 14उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए। 15उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो। 16उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो। उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो। 17जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ। उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ।” पहिलो र अन्तिम म नै हुँ। 18म जीवित छु। म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। 19त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख। 20मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।