सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मिका 5

यो अध्याय यसमा पर्छ: Leiders en de heerser uit Bethlehem

1अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन्। 2तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो। 3यसैकारण प्रसववेदनामा भएकीले बच्‍चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ। 4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ। तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ। 5किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ। 6तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन्। अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ। 7याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन्। तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन्। 8याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन्। तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन्। जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन। 9तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ। 10परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ। म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्‍काइदिनेछु। 11तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु। 12म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्‍ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन्। 13म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु। अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ। 14म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु। 15मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।