सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

एज्रा 10

यो अध्याय यसमा पर्छ: Ezra

1एज्राले प्रार्थना गर्दा र पाप स्वीकार गर्द तिनी रोए र परमेश्‍वरको मन्दिरको सामु घोप्टो परे। इस्राएली पुरुष, स्‍त्री र बालबलिकाको एउटा ठुलो भेला तिनीकहाँ जम्मा भए किनकि मानिसहरू धुरुधुरु रुँदै थिए। 2एलामका परिवारका यहीएलका छोरा शकन्याहले एज्रालाई भने, “हामी हाम्रा परमेश्‍वरप्रति अविश्‍वासी भएका छौं, र हामीले अन्य देशका विदेशी स्‍त्रीहरूसित विवाह गरेका छौं। तर यसको बाबजुत पनि इस्राएलको लागि अझै आशा छ। 3त्यसैले अब प्रभुका निर्देशनहरू र हाम्रा परमेश्‍वरका आज्ञाहरूदेखि डराउनेहरूका निर्देशनहरूअनुसार सबै स्‍त्री र तिनीहरूका छोराछोरीलाई पठाउन हाम्रा परमेश्‍वरसित करार बाँधौं, र यो काम व्यवस्थाअनुसार गरियोस्। 4उठ्नुहोस्, किनकि यो काम तपाईंले गर्नुपर्ने हुन्छ र हामी तपाईंसित छौं। बलियो हुनुहोस् र यो काम गर्नुहोस्।” 5त्यसैले एज्रा उठे, र पुजारीका अधिकारीहरू, लेवीहरू र सारा इस्राएलीहरूलाई यसरी नै प्रतिज्ञा गर्न लगाए। तिनीहरू सबैले गम्भीर शपथ खाए। 6तब एज्रा परमप्रभुको मन्‍दिरको सामुबाट उठेर एल्यासीबका छोरा येहोहानानको कोठामा गए। तिनले कुनै रोटी खाएनन्, न त पानी पिए किनकि तिनी निर्वासनबाट फर्केकाहरूको विश्‍वासत्यागको लागि शोक गर्दै थिए। 7तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए। 8अधिकारीहरू र धर्म-गुरुहरूका निर्देशनमुताबिक तिन दिनमा नआउने कुनै पनि व्यक्तिको सारा सम्पत्ति जफत गरिने र निर्वासनबाट फर्केर आएका मानिसहरूको ठुलो सभाबाट बहिष्कार गरिने भयो। 9त्यसैले यहूदा र बेन्यामीनका सारा मानिस तिन दिनमा यरूशलेममा भेला भए। यो नवौं महिनामा र उक्‍त महिनाको बाह्रौं दिनमा भएको थियो। सारा मानिस परमेश्‍वरको मन्दिरको सामुन्‍ने चोकमा खडा भए, र वचन र वृष्‍टिको कारणले थरथर काँपे। 10पुजारी एज्रा खडा भए र भने, “तिमीहरू आफैले अपराध गरेका छौ। इस्राएलको पापलाई बढाउलाई तिमीहरू विदेशी स्‍त्रीहरूसित बस्यौ। 11तर अब आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरलाई प्रशंसा देओ, र उहाँको इच्छाअनुसार गर। यस देशका मानिसहरू र विदेशी स्‍त्रीहरूबाट अलग रहो।” 12सारा समुदायले ठुलो सोरमा जवाफ दिए, “तपाईंले भन्‍नुभएझैं हामी गर्नेछौं। 13यद्यपि, मानिसहरू धेरै छन्, र यो पानी पर्ने समय हो। बाहिर खडा हुन हामीसित ताकत छैन, र यो केवल एक वा दुई दिनको काम होइन, किनकि हामीले यस विषयमा घोर अपराध गरेका छौं। 14त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून्। हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन्।” 15असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले यसको विरोध गरे, र मशुल्लाम र लेवी सब्बतैले तिनीहरूलाई समर्थन गरे। 16यसैले निर्वासनबाट फर्केर आएकाहरूले सुझावअनुसार गरे। पुजारी एज्राले नाउँ दर्ता भएअनुसार आ-आफ्नो परिवारका अगुवाहरूको छनोट गरे, र तिनीहरूले दसौं महिनाको पहिलो दिनसम्म यस विषयमा जाँच गरे। 17पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले कुन-कुन मानिसहरू विदेशी स्‍त्रीहरूसित बसेका थिए भनी पत्ता लगाए। 18विदेशी स्‍त्रीहरूलाई विवाह गर्ने पुजारी परिवारहरूका यिनै हुन्: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए। 19त्यसैले तिनीहरूले आ-आफ्‍ना पत्‍नीहरूलाई त्‍यागिदिने निधो गरे। तिनीहरू दोषी भएका हुनाले तिनीहरूले दोषबलिको रूपमा आफ्‍ना बगालबाट एउटा भेडा पनि ल्‍याए। 20इम्‍मेरका परिवारका: हनानी र जबदियाह। 21हारीमका परिवारका: मासेयाह, एलिया, शमायाह, यहीएल र उज्‍जियाह। 22पशहूरका परिवारका: एल्‍योएनै, मासेयाह, इश्‍माएल, नतनेल, योजाबाद र एलासा। 23लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात्‌ कलीता, पतहियाह, यहूदा र एलीएजर। 24गायकहरूमा: एल्‍यासीब। द्वारपालहरूमा: शल्‍लूम, तेलेम र ऊरी। 25अनि अरू इस्राएलीहरूमा- परोशका परिवारका: रम्‍याह, यिज्‍याह, मल्‍कियाह, मियामीन, एलाजार, मल्‍कियाह र बनायाह। 26एलामका परिवारका: मत्तन्‍याह, जकरिया, यहीएल, अब्‍दी, यरेमोत र एलिया। 27जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा। 28बेबैका परिवारका: येहोहानान, हनन्‍याह, जब्‍बै र अत्‍लै। 29बानीका परिवारका: मशुल्‍लाम, मल्‍लूक, अदायाह, याशूब, शाल र यरेमोत। 30पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे। 31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन, 32बेन्‍यामीन, मल्‍लूक र शमरयाह। 33हाशूमका परिवारका: मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्‍शे र शिमी। 34बानीका परिवारका: मादै, अम्राम, ऊएल, 35बनायाह, बेदयाह, कलूही, 36भन्‍याह, मरेमोत, एल्‍यासीब, 37मत्तन्‍याह, मत्तनै र यासू। 38बिन्‍नूईका परिवारका: शिमी, 39शेलेम्‍याह, नातान, अदायाह, 40मक्‍नादबै, शाशै, शारै, 41अज्रेल, शेलेम्‍याह, शमरयाह, 42शल्‍लूम, अमर्याह र योसेफ। 43नेबोका परिवारका: यीएल, मत्तित्‍याह, जाबाद, जबीना, यद्दै, योएल, र बनायाह। 44यी सबैले विदेशी स्‍त्रीहरूलाई विवाह गरेका थिए, र तिनीहरूमध्ये कसैले छोराछोरीसमेत जन्माएका थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।