सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

एफिसि 2

यो अध्याय यसमा पर्छ: Gods plan in Christus

1तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौ। 2यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिँडेका थियौ। आकाशको शक्तिको शासक अनुसार तिमीहरू हिँडेका थियौ। यो त्यसको आत्मा हो, जो अनाज्ञाकारीताका सन्तानहरूमा काम गर्दछ। 3हामी एकपल्ट यी सबै अविश्‍वासीहरू सँगै थियौँ। हाम्रो शरीरको खराब इच्छा अनुसार हामी चल्थ्यौँ र शरीर र मनका इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौँ। हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौँ। 4तर परमेश्‍वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ। 5जब हामी आफ्ना अपराधहरूमा मरेका थियौँ, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा नयाँ जीवनमा ल्याउनुभयो। उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ। 6ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ। 7आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो। ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ। 8किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो। 9कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन। 10किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ। 11त्यसकारण यो कुरा सम्झ, कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौ। मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे। 12किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौ। इस्राएलका मानिसहरूका निम्ति तिमीहरू परदेशी थियौ। तिमीहरू प्रतिज्ञाका करारबाट बिराना थियौ। तिमीहरूको भविष्‍यको कुनै निश्‍चयता थिएन। तिमीहरू परमेश्‍वर बिना यस संसारमा थियौ। 13तिमीहरू एक समय परमेश्‍वरबाट टाढा भएकाहरू, अब येशू ख्रीष्‍टको रगतद्वारा ख्रीष्‍ट येशूमा परमेश्‍वरसँग नजिक ल्याइएका छौ। 14किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ। उहाँले दुईलाई एक बनाउनुभयो। हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन्। 15अर्थात्, उहाँमा नै एउटा नयाँ मानिस सृष्‍टि गर्न, उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो। उहाँले मिलाप गराउनुभयो। 16उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्‍वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो। क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो। 17येशू आउनुभयो र धेरै टाढा र नजिक भएकाहरूलाई उहाँले शान्तिको घोषणा गर्नुभयो। 18किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ। 19त्यसकारण, तिमी यहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ। तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको सँगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ। 20तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ। ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ। 21येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ। 22अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।