सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 तिमोथी 1

यो अध्याय यसमा पर्छ: Houd vast

1ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल, 2मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति। 3मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु। 4तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ। 5सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु। 6यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार। 7परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ। 8तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि। म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर, 9जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो। 10तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो। 11त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु। 12यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ। किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ। 13ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर। 14जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। 15तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन्। 16परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन्। 17तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए। 18त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।