सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 तिमोथी 6

यो अध्याय यसमा पर्छ: Opdrachten

1दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून्। तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस्। 2विश्‍वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नु हुँदैन। बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ। 3मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन। मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन्। 4त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ। ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र, 5भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन्। तिनीहरू सत्यताबाट टाढा जान्‍छन्। तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन। 6अब सन्तुष्‍टि सहितको भक्ति ठूलो लाभ हो। 7किनभने हामीले संसारमा केही ल्‍याउनौँ। न त केही लान नै सक्‍ने छौँ। 8बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔँ। 9अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन्। तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन्। 10रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो। यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन्। 11तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग। धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग। 12विश्‍वासको उत्तम लडाई लड। अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ। यो धेरै गवाहाहरूको सामु जे असल छ त्‍यसको बारेमा तिमीले गवाहीको बारेमा थियो। 13सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि सत्‍य कुरा बोल्‍नुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु। 14यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख। 15अनि धन्य सर्वशक्‍तिमान, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु परमेश्‍वार उपयुक्त समयमा उहाँको आगमनलाई प्रकट गर्नु हुनेछ। 16केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ। नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्दछ। उहाँलाई नै आदर र अनन्त शक्‍ति होस्। आमिन। 17यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन। बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून्। उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ। 18तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन। 19यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्‍डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन्। 20तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख। मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस। 21कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन्। तिमीसँग अनुग्रह रहिरहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।