सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 यूहन्‍ना 5

यो अध्याय यसमा पर्छ: Zekerheid

1जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ। र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ। 2जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ। 3किनकि उहाँका आज्ञाहरू पालन गर्नु नै परमेश्‍वरको निम्ति प्रेम हो। अनि उहाँका आज्ञाहरू बोझिला छैनन्। 4किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ। अनि संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो। 5येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्नेबाहेक संसारमाथि विजय हासिल गर्ने को हो? 6उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो। येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो। 7किनकि गवाही दिनेहरू तिन छन्, 8आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन्। 9हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ। किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ। 10जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ। जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन। 11अनि गवाही यही हो, कि परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। 12जससँग पुत्र छ, त्यससँग जीवन छ; जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन। 13मैले यी कुराहरू परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्ने अर्थात् तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक। 14अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ। उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो। 15अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ। 16यदि कसैले त्यसको भाइले मृत्युमा नपुर्‍याउने पाप गरिरहेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र मृत्युमा नपुर्‍याउने पाप गर्ने त्यसलाई परमेश्‍वरले क्षमा दिनुहुनेछ। मृत्युमा पुर्‍याउने पाप छ। त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ। 17सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि छ। 18हामी जान्दछौँ, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन; तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई छुँदैन। 19हामी जान्दछौँ, कि हामी परमेश्‍वरका हौँ, र सारा संसार दुष्‍टको नियन्‍त्रणमा परेको छ। 20तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ। उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ। 21प्रिय बालकहरू हो, तिमीहरू आफैँलाई मूर्तिहरूबाट अलग राख।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।